अब्बल बन्दै कर्णाली प्रदेश अस्पताल


विभिन्न किसिमका जटिल रोगहरुको पनि उपचारकालागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटाउँदै छ यस अस्पतालले, अस्पताल अहिले सरसफाईमा पनि अगाडी रहेको छ भने, सवारी साधन पार्किङ्गमा शुल्क लिएकोमा भने चर्को आलोचना खेप्दै आएको छ ।

यस अस्पतालमा जथाभावी पार्किङ्ग गर्ने संग रु १ सय जरिवाना लिइने गरिएको छ । त्यस्तै सन्धाकालिन समयमा रंगिन बत्ती जडान गरिएको पानीको फोहोरा चलाउने गरिन्थ्यो । तर अहिले टिकटक बनाउनेहरुको जमात बढेपछि फोहोरा बन्द गरिएको छ ।