सुर्खेत घोषणा-२०७९ जारी गर्दै सकियो पत्रकार महासंघको केन्द्रिय साधारण सभा


९ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी नेपाल पत्रकार महासंघको २ दिने केन्द्रिय साधारण सभा सुर्खेत घोषणा-२०७९ जारी गर्दै सकिएको छ ।

महासंघले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गर्दै सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको छ ।

‘सुर्खेत घोषणा–२०७९’ मा ‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’,  भनिएको छ। त्यसै इन्टरनेटको माध्यमको प्रयोगगरि प्रेस स्वतन्त्र हनन् मा नयाँ चुनौतीहरु थपिएको सन्दर्भमा सभाले आम पत्रकारहरुलाई सचेतनापूर्वक डिजिटल माध्यमको प्रयोग गर्न समेत अनुरोध गरेको छ । साथै सम्वद्ध निकायहरुलाई डिजिटल माध्यम मार्फत प्रेस स्वतन्त्रता हनन् का घटनामा संलग्नहरुलाई कानुनी कारवाहीकोलागि जोडदार माग समेत गरिएको छ ।

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको ठहर महासंघले गरेको छ ।