उपकार बहुउद्देश्यीय सहकारी अध्यक्षमा पूनः जिसी चयन


९ पौष , सुर्खेत । उपकार बहुउद्देश्यीय सहरकारी संस्था वीरेन्द्रनगर सुर्खेतले आज आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले  बिष्णु बिक्रम जिसीलाई पूनः सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

सहकारीले कुल कारोबार १२ करोड भन्दा बढी रहेको जनाएको छ । हालसम्म संस्थाले १२ करोड ८६ लाख ५४ हजार ९ सय १० रुपैयाँ बराबरको कारोबार गरेको हो । चालु आर्थिक वर्षमा २० करोड ३ लाख ६४ हजार १ सय ८२ रुपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।

सहकारीमा १ हजार ४ सय ४५ जना शेयर सदस्य रहेका छन् । सहकारीको १ करोड बढी शेयर पूँजी रहेको छ । सभामा संस्थाका कोषाध्यक्ष हरिजङ्ग शाहले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको १ करोड ५२ लाख ७२ हजार ७ सय ७० रुपैयाँ शेयर पुँजी रहेको जानकारी दिँदै आर्थिक वर्ष २०७७/७८ को तुलनामा बढी रहेको बताउनुभयो ।

त्यस्तै सचिव यज्ञप्रसाद आचार्यका अनुसार उक्त आर्थिक वर्षमा १ करोड ४३ लाख १२ हजार ७ सय ७० रुपैयाँ थियो । यस आर्थिक वर्षमा ९ लाख ६० हजारले शेयर पूँजी थप भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदमबहादुर दाहाले पछिल्लो चरणमा सहकारी बिभाग जारी गरेको निर्देशन अनुसार संचालन नभए देशका विभिन्न स्थानहरुमा सहकारीले सदस्यहरुलाई भनेको समयमा बचत फिर्ता गर्न नसक्दा जुन असर देशव्यापी रुपमा परेको छ,त्यसको असर हरेक सहकारीमा पर्ने भएको हुदा सजक रहेर कार्य गर्न अनुरोध समेत गर्नु भयो ।

सभाका सभापति अध्यक्ष बिष्णु बिक्रम जिसीले सहकारीको मूल्य र मान्यता अनुरुप सही दिशामा संचालन गर्न, सहकारीको सेवालाई आधुनिकरण र विस्तार गरिनुका साथै शेयर सदस्यहरुलाई उचित मुनाफा प्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा अतिथि शिबबिहार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार श्रेष्ठ, साना किसान कृषि सहरकारी संस्था वीरेन्द्रनगर ९ अध्यक्ष शान्ति सिंह र राष्टिय सहरकारी बैक शाखा सुर्खेतका लक्ष्मी खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस्तै सभाले उपाध्यक्षमा महेन्द्रप्रसाद शर्मा,सचिवमा यज्ञप्रसाद आचार्य, कोषाध्यमा हरिजङ्ग शाह,सदस्यहरुमा रत्ना सुवेदी (आचार्य), मोती शाही, भीमकुमारी थापा, शिवकला पाण्डे र चन्द्रबहादुर विसीलाई चयन गरेको छ भने लेखा समिति संयोजकमा मदन प्रकाश मल्ल र सदस्यमा हरिकाला चौधरी सर्वसम्मत चयन हुनु भएको हो ।

कार्यक्रम संस्थाका प्रबन्ध सुशाष श्रेष्ठ र कर्जा प्रमुख शशीप्रसाद आचार्यले संयुक्त रुपमा संचालन गर्नु भएको थियो ।