दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ९ विकेटले हरायो


 दोस्रो ट्वान्टी(२०मा इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले दुई खेलको श्रृंखला ुक्लिनस्वीपु गरेको छ।

आइतबार जोहानेसवर्गमा टस हारेर ब्याटिङ थालेको इंग्ल्याण्डले १९।४ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनायो।

इंग्ल्याण्डका लागि जोस बट्लरले ५४ रनको योगदान गरे। इयान मोर्गानले ३८ र जो रुटले ३४ रन तथा एलेक्स हल्सले १६ रन बनाए। अन्य बेलायती ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

केल अब्बोटले ३, कीगसो रबदा र क्रिस मोरिसल २(२ तथा इमरान ताहिरले १ विकेट लिए।

१७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १४ ओभर ४ बलमा १ विकेट मात्रै गुमाएर पुरा गर्‍यो।

एबी डि भिलियर्स ७१ रनमा आउट भए भने हसिम अम्लाले अविजित ६९ रन जोडे । फाप डु प्लेसिस २२ रनमा अविजित रहे।

पहिलो ट्वान्टी(२०मा ३ विकेटको जित हात पारेको थियो।