नयाँबर्षको शुरुवात, बैशाखमा केपीएल हुँदै


फागुन १९, सुर्खेत ।

कर्णाली प्रिमियर लिंक (केपीएल) को दोस्रो संस्करण आगामी वैशाखमा सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वैशाख १२ गतेदेखि केपीएल क्रिकेट प्रतियोगिता हुने भएको हो ।

क्रिकेटका कार्यक्रमहरुको आयोजना कम हुने गरेको नहुने कर्णाली प्रदेशमा बन्धु विकास बहुउद्देश्यी केपीएलको पहिलो संस्करण गतवर्ष आयोजना गरेपछि यसको चहल पहल बढ्न थालेको हो । यसैबमोजीम टी–२० राष्ट्रिय टुर्नामेन्ट प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुने भएको हो ।

संस्थाका अध्यक्ष जीवन शाहीका अनुसार कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेट च्याम्पियन बनाउने र यस प्रदेशबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सिजन–२ को आयोजना गरिएको हो । आफ्नै खेल मैदानसहित कर्णाली क्रिकेट एकेडेमीको स्थापना र कर्णाली प्रिमियर लिगलाई संस्थागत गरि लैजाने संस्थाको उद्येष्य रहेको भन्दै अध्यक्ष शाहीले थपे ‘कर्णाली प्रदेशका १० वटै जिल्लामा निकट भविश्यमै एकेडेमी विस्तार गर्नुछ।’

सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशाला मैदानमा आयोजना हुने यस प्रतियोगितामा देशका प्रतिष्ठित आठ वटा क्लवहरु सहभागी हुनेछन् भने राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरुको सहभागितामा हुने यो प्रतियोगिता सर्वाधिक धनराशीको हुने अध्यक्ष शाहीको दाबी छ ।