१७ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी प्रवेश गर्ने द्वार बबई स्थित अस्थायी प्रहरी पोष्टले आज अवैध कपडाहरु बरामद गरेको छ ।
भेरीगंगा नगरपालिका वडा नं. ५ स्थित बबई पोष्टमा खटिएका प्रहरी टोलीले पोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ७३५ नम्बरको बस चेकजाँचका क्रममा विल नभएको कपडाहरु बरामद गरेको हो । बरामद गरिएका कपडाहरुमा कुर्ती ३५ थान र कुर्ता सुरुवाल १ सय ३० थान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद कपडाहरु अनुसन्धानकालागि पोष्टको नियन्त्रणमा राखी बस गन्तब्य तर्फ पठाईको जनाएको छ ।



Prawash Kumar Shakya । १७ फाल्गुन २०७९, बुधबार १८:३८ बजे