वीरेन्द्रनगरमा रक्तदान सम्पन्न (भिडियोसहित)


१९ जेठ, सुर्खेत । प्रदेश युथ क्लब नेटवर्क सुर्खेतले आज वीरेन्द्रनगरमा खुला रक्तदान कार्यक्रम गरेको छ ।

क्लबले विश्व साइकल यात्री अजित बराललाई स्वागत गर्दै स्थानीय मंगलगढी चौकबाट साइकल र्रयाली गर्दै पिपल चौतारामा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ६ नं. का वडा अध्यक्ष जनक रावलले मानव जीवनको उत्कृष्ट कार्य मध्य रक्तदान जस्तो महत्वपूर्ण कार्य गरेकोमा क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै कार्यक्रममा पहिलो पटक रक्तदान गर्दै ओजस्वी पौडेलले शुरुमा रक्तदान गर्न डर लागेपनि अहिले रक्तदान गर्दा आफूमा गर्वको महसुस गर्दै रक्तदान गरिरहनु पर्ने अनुभव बताउनुभयो । कार्यक्रममा १३ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख दिपेन्द्र केसीले जानकारी दिनुभयो ।