सुर्खेतमा ४ लाख विरुवा रोपियो


वीरेन्द्रनगर ३ को सामुदायिक वनमा विरुवा रोप्दै जिल्ला वन अधिकृत हेमराज विष्ट ।
वीरेन्द्रनगर ३ को सामुदायिक वनमा विरुवा रोप्दै जिल्ला वन अधिकृत हेमराज विष्ट ।

सुर्खेत, १८ साउन । जिल्ला वन कार्यालय सुर्खेतले यसपाली ४ लाख विरुवा रोपेको जनाएको छ । वन जंगलको संरक्षण गदै हरियाली वढाउने उदेश्यले सुर्खेतका विभिन्न ठाउँमा ४ लाख विरुवा रोपिएको जिल्ला वन अधिकृत हेमराज विष्टले वताउनु भयो ।

उहाँले श्रीखण्ड, कोइरालो, मसला, वकाइनो, वेल, अमला,सल्लो, सितलचिनी लगायतका विरुवा रोपिएको जानकारी दिनुभयो । सुर्खेतका राष्ट्रिय र सामुदायिक वनको खाली जग्गाहरुका विरुवा रोपिएको जिल्ला वन अधिकृत विष्टले वताउनु भयो ।

साभारः राराखबर अनलाइन