२० चैत्र, सुर्खेत । ६६ औं सहकारी दिवस सोमबार (आज) वीरेन्द्रनगरमा पनि भव्यताका साथ मनाउन लागिएको छ ।
‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । जिल्ला सहकारी संघ, भुमी व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय, सुर्खेत जिल्लामा रहेका बिषयगत संघ तथा प्रारम्भीक सहकारी संस्थाहरुको सहभागिता रहने कार्यक्रम बिहान ११ बजे मंगलगढी चौकबाट र्याली शुरु भई सुर्खेत सिटिहलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने जिल्ला सहकारी संघका सचिव बिशाल केसीले जानकारी दिनुभयो ।
दिवस कै अवसर पारेर हिजो (आइतवार) स्थानीय मंगलगढी चोकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको थियो । त्यस्तै प्रशान्ति बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफुल तथा खाद्यान्न सामाग्री सहयोग गरिएको सचिव केसीले जानकारी बताउनुभयो ।



Prawash Kumar Shakya । २० चैत्र २०७९, सोमबार ०९:४४ बजे