सिटी एक्सप्रेस र मनीग्रामबीच सहकार्य


२०७३/०६/१६

काठमाडौं–मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिसँग सहकार्य गरेको छ । यसबाट विदेशमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज भएको छ । दुई कम्पनीबीच सहकार्य गर्ने बिहीवार औपचारिक सहमति भएको हो ।

दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालियाले सहज र पायक पर्ने सेवा दिन मनीग्राम तयार रहेको बताएका छन् । उनले यस सहकार्यले सेवा अझै विस्तारित हुने र खाडी क्षेत्रमा कार्यरत नेपाली सघाउ पुर्याउने बताए ।

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संसारको सबैभन्दा अग्रणी रेमिट्यान्स सेवा प्रदायक कम्पनी मनीग्रामसँग सहकार्य गर्न पाएकामा उत्साहित बनेको बताए । उनले सहकार्यले सुदृढ सेवा पुर्याउन सघाउ पुग्ने बताए ।

मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै ५० रुपैयाँको टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने जनाइएको छ । मनीग्राम संसारको अग्रणी मनी ट्रान्सफर सेवा प्रदायक हो । यसले २ सयभन्दा बढी देशहरूमा ३ लाख ५० हजार भन्दाबढी स्थानबाट आफ्नो सेवा दिँदै आएको छ ।

 साभार : ctexpress.com