एशियन लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी रकमको चेक हस्तान्तरण


२१ फागुन, सुर्खेत । सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं, भन्ने उद्देश्यका साथ संचालन भएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सुर्खेतले दुर्घटना भई मृत्यु हुनुभएका स्व‍. सागर शाहीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

वीरेन्द्रनगर ७ इत्राम निवासी शाहीको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उहांको गत माघ ८ गतेका दिन छिन्चु देखि सुर्खेत आउने क्रममा जिप दूर्घटनामा परि मृत्यु भएको थियो ।

एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतमा ४ लाखको बीमा गर्नुभएको शाहीको माघ ८ गतेका दिन निधन भएपछि शाखा सुर्खेतले आईतबार (आज) एक कार्यक्रमका बिच ८लाख ८३ हजार ८ सय ४७ रुपैयाको चेक उहांका आमा मिनादेबी शाहीलाई हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतका सिनियर बिजनेश म्यानेजर प्रवेशमान मानन्धरले जानकारी दिनुभयो ।

कर्णाली कलष्टर सुर्खेत शाखा प्रमुख वीरबहादुर भण्डारीका अनुसार २०७५ माघ २१ गते शाहीले ४ लाख रुपैयाको जीवन बीमा गर्नु भएको थियो । उहांले जीवन बीमा कम्पनीमा ४ बर्षको ७७ हजार ५ सय ७२ रुपैया किस्ता वापत बुझाई सक्नु भएको थियो । मृतक शाहीले जति नै किस्ता तिरेको भएपनि दोहोरो दूघर्टना लाभ अन्तर्गत बीमित शाहीले ४ लाखको एशियन सावधिक वीमा योजनाको ४ बर्षको किस्ता रु ७७,५,७२ रुपैया कम्पनीमा बीमा किस्ता बुझाएको भएपनि ४ लाखको दुई गुणा रु ८ लाख र ७७,५७२ रुपैयाले आर्जित गरेको वोनस सहित रु ८ लाख ८३ हजार ८ सय ४७ रुपैयाको चेक उहांका आमा मिनादेबी शाहीलाई हस्तान्तरण गरिएको बताइएको छ ।

कार्यक्रममा उपस्थित नेपाल बिमा प्राधिकरण प्रदेश प्रमुख पदम प्रसाद सोडारीले, वीमा नगर्ने बेला सम्म हलो अड्काई रहने प्रविधिलाई एशियन लाईफ इन्स्योरेन्सले तोडेकोमा धन्यबाद व्यक्त गर्नु भएको थियो । सोडारीका अनुसार पछिल्ला समयहरुमा केहि बीमा कम्पनीहरुले कुनै पनि कारण आफ्नो बीमितहरु मृत्यु भईसकेपछि वीमा वापतको रकम भुक्तानी लिने बेला  मृतक बीमितका परिवारले आफ्नो कम्पनीमा अर्को बीमा नगर्ने बेला सम्म बीमा रकम समयमा भुक्तानी नदिई विभिन्न बहाना गरि रोकि राख्ने प्रविधिलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृतको घर आगनमै आएर मृतका परिवारलाई समवेदना प्रकट सहित वीमा रकम चेक हस्तान्तर गर्ने गरेकोमा  आफुले धन्यबाद व्यक्त गरेको बताउनु भयो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको अभियान घरदैलोमै मृत्यु दाबि चेक हस्तान्तरण अन्तर्गत जस्तो सुकै परिस्थीतीमा पनि मृतकको घर आगनमै पुगेर मृत्यु दाबिको चेक हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत नै चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दियो ।

कार्यक्रममा शाखा सुर्खेतका सिनियर बिजनेश म्यानेजर लोकप्रसाद ढकाल, भुपेन्द्र शाही,बिजनेश म्यानेजर बसन्तराज गौतम, मृतकका आफन्तहरुको उपस्थित रहेको थियो ।