
२ असोज, काठमाडौं । रगत आपूर्ति र वितरणमा भईरहेकाे बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न, गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज चाबहिल र जमलमा दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनीकाे छैठौं बार्षिकाेत्सबकाे उपलक्ष्यमा आयाेजित बिशेष रक्तदान कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्तनायक” स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले नेपालीहरुको महानचाडको वेलामा मानवीय जीवनको सर्वोत्तम कार्य रक्तदान कार्यक्रम गर्नु महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा ईन्स्योरेन्सका महाप्रबन्धक दिपबहादुर वि.सि. लगाएत महिला तथा पुरूष गरि जम्मा ३६ जनाले रक्तदान गर्नुभएको थियो । भने आज नै ईन्स्योरेन्स कम्पनीकाे आयाेजनामा पाेखरा, बुटवल, धनगढीमा पनि रक्तदान गरिएको थियो ।
त्यस्तै आज नै उपासना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ओम गल्स होस्टेलको संयुक्त आयोजनामा चाबहिलमा पनि रक्तदान कार्यक्रम गरिएको छ । २३ जनाले रक्तदान गर्नुभएको कार्यक्रममा ओम अस्पतालका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक” स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे विशेष आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
Prawash Kumar Shakya । २ कार्तिक २०८०, बिहीबार २२:०९ बजे