वीरेन्द्रनगरमा २२ पिन्ट रगत संकलन


९ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश अस्पतालमा दिनहुँ विरामी चाप बढ्दै जाँदा रगतको अभाव हुन नदिनकालागि नेपालको ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्यूनिकेशन्स लि. सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम गरिएको वर्ल्डलिङ्क सुर्खेतका शाखा प्रमुख कुमार आचार्यले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग एवं नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको आयोजनामा सम्पन्न कार्यक्रममा २२ पिन्ट रगत संकलन गरिएको थियो । कार्यक्रममा नयाँ स्वयंसेवी रक्तदानहरुको जन्म भएको समाजका उपाध्यक्ष अशोक कुमार सिंहले बताउनुभयो । त्यस्तै समाजका सदस्य पत्रकार पुनम विसीले कार्यक्रममा आफ्नो २५औं पटकको रक्तदान गर्नुभएको थियो ।