बोलीको ठेगान नभएका मुख्य मन्त्री


३ अशोज,सुर्खेत

कर्णाली  प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको बोलीमा भिन्नता देखिन थालेको छ ।

नेपाल सरकारको उर्जा मन्त्री समेत बनिसकेका शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेदेखि बोलीमा भिन्नता देखिन थालेको हो । एनजीओ र आइएनजीओको रकम बन्द गर्ने भन्दै हिडेका शाही पछिल्लो समयमा प्रदेशको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताउन थालेपछि बोलिमा भिन्नता प्रष्टिन थालेको हो ।

एनजीओ र आइएनजीओले नागरिकहरुलाई परनिर्भर बनाए, हात थाप्ने बानीको बिकास गरेको आरोप लगाउँदै कर्णाली प्रदेशमा एनजीओ र आइएनजीओलाई छिर्न नदिने भन्दै कुर्लेका  शाही फेरी कर्णालीको विकासका लागि सानो बजेटले प्रतिफल नदिने भन्दै अन्तराष्ट्रिय लगानीकर्तासँग लगानीका लागि प्रदेश सरकार ब्यापक छलफलमा लागेको मुख्यमन्त्रि शाहीको भनाई छ ।

मंगलबार मात्रै चिनियाँ लगानीकर्ताको टोलीसहित मुगु पुगेर फर्केका मुख्यमन्त्री शाहीले पर्यटन, जलविद्युत्त, सडक र विमानस्थल निर्माणका लागि अन्तराष्ट्रिय लगानी आवश्यक भएको बताए पछि बोलीमा भिन्नता झन् प्रष्टिदै गएको छ ।

‘हामीसँग प्रयाप्त सम्भावनाहरू छन्, तर ती सम्भावनालाई व्यवहारमा लागू गराउन हामीलाई दातृ निकायको लगानी आवश्यक छ भन्ने मुख्यमन्त्री शाहीले किन एनजीओ र आइएनजीओलाई यहाँबाट धपाउनु पर्छ भने यो जिज्ञासाले चर्चा लिन थालेको छ । प्रदेश सरकारको आग्रहमा नर्थ वेस्ट सिभिल एभिएसन कम्पनी सहितको लगानीकर्ताको टोलीले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको राराको विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरेको मुख्यमन्त्री शाहीले जानकारि दिए सँगै मुख्यमन्त्रीहरु पनि बोल्ने एक ब्यबहार अर्को किन गर्छ यो प्रश्न उठ्नु पनि सान्दर्भिक देखिन्छ ।

मुख्यमन्त्री शाहीले अन्य मन्त्रीहरुलाई समेत एनजीओ र आइएनजीओ तथा सामान्य औपचारीक कार्यक्रमहरुमा सहभागि नहुन निर्देशन दिएको केही दिनपछि आफू र मन्त्रीहरु त्यस्ता कार्यक्रमहरुमा लर्को लाग्ने गरेकाले पनि उनको बोली र ब्यबहारमा भिन्नता प्रष्टिदै आइरहेको छ ।

यस्तै गत जेठ २० गते ‘कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका -२०७५’ जारी गरी सरकारका मन्त्रालय र मातहतका सरकारी निकायहरुको खर्च कर्डाई गर्ने निर्णय गरेपनि सरकारका मन्त्रीहरु नै यो निर्णयको बर्खिलापमा उत्रिनुले पनि सरकारले निर्णय एक गर्ने केहि दिन प्रशंसा बटुल्ने फेरी त्यही निर्णय आफैले उलंघन गर्ने परीपाटिले निरन्तरता पाइराख्छ कि नागरिकहरुले चिन्ता ब्यक्त गरेका छन् । हाम्रो समाजमा भन्ने चलन छनी बाहिर बाहिर लोका चार भित्र भित्र माना चार भनेझै भएन र सरकार ?