
१५ फागुन, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि तेश्रो कर्णाली एक्सपो-२०८० विधिवत् शुभारम्भ भएको छ ।
नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले एक समारोहका वीच एक्सपो-२०८० (महोत्सव)को विधिवत् शुभारम्भ गर्नुभएको हो । एक्सपोको शुभारम्भ गर्दै उपप्रधान एवं रक्षामन्त्री खड्काले आफू माथि सुर्खेत विमानस्थल विस्तारका बारेमा लगाइएको आरोप निराधार रहेको बताउनुभयो । उहाँले भन्नुभयो “विमानस्थल विस्तार एवं विकासका बारेमा कस्ले कति के गर्यो समिक्षा गर्दा हुन्छ । प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पालामा विनियोजित १ अर्ब बजेटको काम किन हुन सकेन ?”
त्यस्तै एक्सपोमा नेपाली काँग्रेस प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले पहुँच र शक्तिको भरमा प्रदेश राजधानीबाट अन्यन्त्र सारिएका कार्यालयको विरोध गर्दै विमानस्थल सार्ने कार्य हुन नसक्ने बताउनुभयो । त्यस्तै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भाग्य बदल्न जरुरी रहेको बताउँदै त्यसकालागि आफू लागि परिरहेको औल्याउनुभयो ।
एक्सपो यही फागुन २३ गते सम्म संचालन हुने आयोजक सुर्खेत उद्योग बाणिज्य संघले जनाएको छ ।




Prawash Kumar Shakya । १५ फाल्गुन २०८०, मंगलवार १९:४४ बजे