हेटौडा मकवानपूरमा २७ पिन्ट रगत संकलन


२६ फागुन, हेटाैंडा / नेपाल स्वयंसेवी रक्तदाता समाज हेटाैंडा उपमहानगरपालिका समिति मकवानपुरद्वारा प्रथमपटककाे खुल्ला रक्तदान कार्यक्रम स्थानिय बुद्धचाेकमा सम्पन्न गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे बिशेष आतिथ्यतामा आयाेजित कार्यक्रमकाे शुभारम्भ हेटौंडा उप-महानगरपालिका वडा नं. १० का वडाध्यक्ष फुर्वादाेर्जे लामfले प्रमुख आतिथिकाे आशणबाट रक्त संकलन थैली हस्तान्तरण गरि गरिएको थियोे ।

समाज हेटाैंडा उपमहानगरपालिका समिति मकवानपुरका सचिब राजेश वाग्लेद्वारा सञ्चालित कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २७ जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रमकाे सभापतित्व हेटाैंडा उपमहानगरपालिका समितिका अध्यक्ष पूर्णप्रसादले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत सहभागी रक्तदाताहरूलाई विशेष अतिथि प्रेमसागर कर्माचार्यद्वारा मायाकाे चिनाे र प्रशंसा-पत्र बितरण गर्नुभएको थियोे ।