
३ फागुन धादिङ / बृहत साेनाम ल्हाेछार साँस्कृतिक एवं रक्तदान कार्यक्रम – २०८१ एक समारोह बीच महादेबवेसी धादिङ्गमा सम्पन्न भएको छ । उक्त कार्यक्रम अन्तर्गत आयाेजित विशेष रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्ययता सम्पन्न भएको हो ।
“रक्त व्यवस्थापनमा सबैको सहभागीता” मूल आह्वानलाई सार्थक सिध्द गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखाकाे विशेष व्यवस्थापनमा उक्त रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखाका अध्यक्ष सुयेश बिक्रम रानाकाे सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष रामचन्द्र रूपाखेती गर्नुभएको थियो भने कार्यक्रममा महिला तथा पुरूष गरि ३३ जनाले स्वयंसेवी तवरका साथ रक्तदान गर्नुभएको थियोे ।
Prawash Kumar Shakya । ३ फाल्गुन २०८१, शनिबार १८:३६ बजे