कैलालीमा एकैदिन १८७ पिन्ट रगत संकलन, रक्तदान सद्भावना दूत उपाध्याय सम्मानित


कैलालीमा आज विभिन्न संघसंस्थाहरूले गरेको रक्तदान कार्यक्रमहरुमा  १ सय ८७ पिन्ट रगत सङ्कलन भएको छ । बैतडी समाज, गौरिगंगा ११ स्पोर्टस् क्लब र नेपाल रेडक्रस सोसाइटी धनसिंहपूर उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १८७ पिन्ट रगत संकलन गरिएको हो । 

धनगढीमा बैतडी समाज कैलालीले गरेको कार्यक्रममा ९१ जना रगत संकलन गरिएको थियो समाजले प्रत्येक ६/६ महिनामा यस्ता कार्यक्रम गर्दै आएको छ । साथै समाजले हिजो (शुक्रवार) रक्तदान सचेतना र्‍यालीसमेत आयोजना गरेको थियो ।

त्यसैगरी गौरिगंगा नगरपालिका–८, बडैपुरमा गौरिगंगा ११ स्पोर्टस् क्लबले गरेको कार्यक्रममा ६३ पिन्ट रगत संकलन गरिएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिनुभयो । भने नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाले गरेको कार्यक्रममा ३३ पिन्ट रगत सङ्कलन गरिएको सभापति रतन टमट्टाले बताउनुभयो ।

रक्तदान सदभावना दुत उपाध्याय सम्मानित

यसैवीच सूदूरपश्चिममा रक्तदान अभियानमा लामो समयदेखि सक्रिय स्वयंसेवी शतक रक्तदाता दीपक उपाध्यायलाई गरिएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारका रक्तदान सद्भावना दूत समेत रहनु भएका उपाध्यायले हालसम्म १०९ पटक रक्तदान गरिसक्नु भएको छ । शतक रक्तदाता उपाध्यायलाई गौरिगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले सयौ ब्यक्तिको जीवन बचाएको र हज्जारौ ब्यक्तिको जीवन रक्षाका लागि अहोरात्र खटि रक्तदान जस्तो मानवीय कार्यमा तल्लिन रहेको भन्दै उहाँलाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।