सुर्खेत, २४ साउन । एमाले निकट अनेरास्ववियूका अध्यक्ष नविना लामाले राजनीतिक परिवर्तनको आन्दोलन सकिएकोले अव आर्थिक समृद्धि र आत्मनिर्भरताको अभियानमा जुटन विद्यार्थीलाई आग्रह गर्नु भएको छ । सत्ता परिवर्तनको लागि विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गदै उहाँले देशलाई समृद्ध बनाउनको लागि अव विद्यार्थी नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
अनेरास्ववियू सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरेको कार्यक्रमा उहाँले अव संविधान कार्यान्वयन र आर्थिक समृद्धिको एजेण्डालाई संगसंगै लैजानु पर्नेमा जोड दिनुभयो । विद्यार्थीले सर्टिफिकेट धितो राखेर सहुलियतमा ऋण प्रदान गर्ने कार्यक्रमलाई वर्तमान सरकारले लागु नगरे सडकमा आन्दोलन गर्ने चेतावनी लामाले दिनुभयो । आफनो संगठनको अथक प्रयासपछि केपी ओली सरकारले सर्टिफिकेट धितो राखेर सहुलियत ऋण प्रदान गर्ने कार्यक्रम ल्याएको भन्दै उहाँले वर्तमान सरकारलाई कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष झपेन्द्र खत्रीले प्रमाण पत्र धितो राखेर सहुलियत ऋण उपलब्ध गराए विदेशमा जोखिमपूर्ण काम गरिहेका युवाहरु स्वदेश फर्किने वताउनु भयो । कार्यक्रममा नेकपा एमाले सुर्खेतका सचिव मोहनसिंह बढुवाल आफनो हक अधिकार स्थापित गर्नको लागि विद्यार्थीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा चर्चित गायक बद्री पंगेनीले बाँच्नकै लागि भएपनि छाक टार्ने पर्दोरहेछ’, ‘सुर्खेत बुलबुले जाउँला,’ लगायतका गीतहरु गाएर मञ्च तताउनु भएको थियो ।
पंगेनीले विद्यार्थीहरु मनोरञ्जनात्मक क्रियाकलापमा मात्र नभइ अध्ययन र आत्मनिर्भरताको अभियानमा सरिक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमाम चर्चित हास्य कलाकार राजा राजेन्द्र पोख्रेलले देशमा भइरहेको सत्ता परिवर्तनप्रति व्यङ्ग्य प्रहार गर्नु भएको थियो ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । २४ श्रावण २०७३, सोमबार १६:५० बजे