अर्जेन्टिनाले नाईजेरीया बिरुद्ध २ गोल गर्दे अन्तिम १६ मा प्रवेश


काठमाडौं । मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने थियो र अर्को खेलमा क्राएसिया नहार्नु पर्ने थियो । यो खेलमा गोलकिपर क्याबलेरोको स्थानमा अरमानीलाई खेलाइएको थियो भने सर्जिओ एग्युरोलाई बेञ्चमा राखेर हिगुइनलाई सुरुवाति ११ मा ल्याइएको थियो ।

खेलमा अर्जेन्टिनाले अग्रता पनि १४ औं मिनेटमा नै लिओनल मेस्सीको उत्कृष्ट गोलबाट लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत गोल खायो ।

जाभियर मासेरानोको डि बक्स एरियामा विपक्षी खेलाडीलार्इ फउल गरेपछि दिइएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोएजले सहजै गोल गरेका थिए ।

खेल १-१ को बराबरीतर्फ उन्मुख भएका बेला रोजोले ८६ औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । उनले गाब्यिल मेर्सेडोको पासमा गोल गरेका हुन् ।

आइल्याण्डलाई हराउने क्रममा २ गोल गरेका अहमद मुसाको पनि केही लागेन ।

यही समयमा भएको समुह ‘डि’ को अर्को खेलमा क्रोयशियाले आइसल्यान्डलाई २–१ ले हरायो । समुह चरणका सबै खेल जितेको क्रोयशिया यस समुहको विजेता बनेको छ । यसअघि नै दोस्रो चरणको यात्रा पक्का गरिसकेको क्रोयशियाले समुहमा सर्वाधिक ९ अंक प्राप्त गर्यो । अर्जेन्टिना समुहको उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गर्यो । उसले १ खेलमा बराबरी, १ पराजय तथा १ जितसँगै ४ अंक जोड्यो । अर्जेन्टिनासँग पराजित भएको नाइजेरिया ३ अंकमा सिमित हुँदै प्रतियोगिताबाट बाहिरियो । आइसल्यान्डले १ अंक मात्रै जोड्यो ।

सेमिफाइनलमा अब अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको फ्रान्स ७ अंक जोड्दै समुह सीबाट विजेता बनेर अन्तिम १६ मा पुगेको हो । डेनमार्कले समुह चरणमा ५ अंक जोड्यो र उपविजेताका रुपमा अन्तिम १६ को यात्रा गर्यो । उसले अब समुह डीको विजेता क्रोयशियासँग प्रतिस्पर्धा गर्नेछ ।