७ पौष, सुर्खेत । यस अनलाइन खबरका अध्यक्ष एवं प्रधान सम्पादक प्रवास कुमार शाक्यलाई पितृशोक परेको छ ।
यहि पौष ०६ गते शुक्रबार राती ९ः१५ बजे उहाँका पुजनिय पिता यस अनलाईन खबरका संरक्षक जीवनकुमार शाक्यको ७० वर्षको उमेरमा स्वर्गारोहण भएको हो । लामो समय देखि अस्वस्थ रहनु भएका शाक्यको आफ्नै निवासमा निधन भएको प्रधान सम्पादक शाक्यले बताउनु भयो ।
नेपाल आदिवासी जनजाती महासघ सुर्खेतका वर्तमान अध्यक्ष शाक्य अग्रज पत्रकार हुनुहुन्छ भने उहां विभिन्न सघ सस्थामा आबद्द रही लामो समयदेखि समाजसेवामा आफ्नो जीवन बिताउनु भएको थियो । सुर्खेत जिल्ला कै कला, साहित्य र संस्कृति अध्यायता रहनु भएका बिरेन्द्रनगर,०९ लाटिकोइली, निबासी शाक्यले सुर्खेत जिल्लामा पहिलो भिडियो चलचित्र “ढुङ्गा जस्तो माया” निर्माण गर्नु भएको थियो ।
मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त गर्ने कामना गर्दछौं ।
द त्रिरत्न, परिवार



Milan Shrestha । ७ पुष २०८०, शनिबार ०६:०७ बजे