
३ असार, सुर्खेत । भारतीय विभिन्न विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र नेपाली पत्रकारहरुको संयुक्त टोली प्रचारप्रसारको लागि रारा यात्रा शुभारम्भ भएको छ ।
“गर्मी से वेहालः चलो रारा ताल” नारा बोकेर भारतीय र नेपाली पत्रकारहरु समूह आज कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट दैलेख, कालिकोट, जुम्ला हुँदै कर्णालीको प्रमुख पर्यटकीय रारा तालको यात्रामा लागेको हुन् ।
कर्णाली सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले पत्रकार समूहलाई स्वागत गर्दै ‘गर्मीसे बेहालः चलो रारा ताल’ कार्यक्रमको शुभारम्भ गर्नुभयो । भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री रावतले कर्णाली प्रदेशमा भएका पर्यटन विकासका सम्भावना र पर्यटकीय गन्तव्यका बारेमा उजागर गर्न “गर्मी से वेहाल चलो रारा ताल” भ्रमणले सहयोग पुग्ने बताउनुभयो ।
नेपाल फोटो पत्रकार महासंघको सहजीकरणमा सञ्चालित भ्रमणमा भारतीय पत्रकार तथा पर्यटन व्यवसायीहरुलाई रारा भ्रमण गराउन लागिएको र यो भ्रमण समूहले आज दैलेखको पंचकोशी क्षेत्र, कालिकोटको खाँडाचक्र र तिलागुफा, सिजां हुँदै रारा तालको अवलोकन गरेर फर्कने योजना रहेको नेपाल फोटो पत्रकार महासंघका बरिष्ठ सचिव तथा कार्यक्रम संयोजक हरिहरसिंह राठौरले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । ३ असार २०८१, सोमबार १४:३७ बजे