समाचार लेखेकै विषयलाई लिएर नागरिककर्मी केसीलाई धम्की


१५ बैशाख, सुर्खेत । दैलेख नगरपालिकाको अनियमितता सम्बन्धि समाचार लेखेको भन्दै नागरिक दैनिक दैलेखका संवाददाता गोविन्द केसीलाई धम्की आएको छ ।

उक्त नगरपालिकाका चमेना गृह सञ्चालक छत्र थापाले नागरिककर्मी केसीलाई सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार गरेका हुन् ।चमेना गृह सञ्चालक थापालाई प्रहरीले पक्राउ समेत गरेको नागरिककर्मी केसीले जानकारी दिनु भयो । नागरिक दैनिकको वैशाख १० गते प्रकाशित अंकमा ,राहत सामग्री खरिदमा अनियमितता, भन्ने समाचार प्रकाशित भएको थियो ।

उक्त समाचार किन र कति पैसा खाएर लेखेको भन्दै चमेना गृह सञ्चालक थापाले नागरिककर्मीलाई धम्कीसँगै दुव्र्यवहार गरेका थिए । नागरिककर्मी केसीले भन्नु भयो , चमेना गृह सञ्चालक थापाले मलाई कुटपिट गर्न अरु मान्छे पनि बोलाएका थिए उक्त कुरा प्रहरीले थाहा पाएर थापालाई नियन्त्रणमा लिएको हो ।