
१२ श्रावण,काठमाडौं/ ५८औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसकाे उपलक्ष्यमा आज काठमाण्डौंमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जेभियर इन्टरनेशनल स्कूलद्वारा आफ्नै प्राङ्गण मैजुबहाल,चाबहिल काठ्माण्डौंमा बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले ५८औं रक्त सञ्चार दिवसमा कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
आजकाे पुनीत दिनमा स्कूलका प्रधानाध्यापक प्रदीप बज्राचार्यद्वारा प्रमुख अतिथी शतक रक्तदाता कार्माचार्यलाई दाेसल्ला ओढाएर कदर-पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका निर्देशक माक्राेबायाेलाेजिष्ट पवनकुमार गुप्तालाई पनि कार्यक्रमका सभापति एवं बिद्यालयका प्रधानाध्यापक बज्राचार्यद्वारा खादा पहराई मायाकाे चिनाे प्रदान गरिएको साे कार्यक्रमकाे संयाेजन तथा सञ्चालन कृष्ण पाेखरेलले गर्नुभएको थियो ।
स्कूलद्वारा प्रथमपटक आयाेजित उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूषगरि जम्मा ५५ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो ।
Prawash Kumar Shakya । १२ श्रावण २०८१, शनिबार १९:४२ बजे