बाँकेमा ५२७औं तुलसीदास जयन्ती मनाईयो, विभिन्न विधाका श्रष्टाहरु सम्मानित


पवन जायसवाल ।

२८ सावन, बाँके । बाँकेमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२७औं तुलसीदास जयन्ती, चौथा अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोह –२०८१, बृहत सम्मान समारोह, बिचार तथा बहुभाषिक कवि गोष्ठी, लोकनृत्य सहित शुभकामना कार्यक्रममा ६५ जना साहित्यकार, समाजसेवीहरुलाई श्रावण २७ गते सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी पशुपति दयाल मिश्रले शिरोमणि तुलसीदास जी महाराजको तस्वीरमा माल्यार्पण र दीप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गुर्नभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिव डा.पंकज कुमार गुप्ताले स्वागत मन्तव्य, उपाध्यक्ष सुशीला बैश्यले गणेश बन्दना र सरस्वती बन्दना डा.प्रवीण कुमार पाण्डेय आवाराले प्रस्तुत गर्नु भएको थियो । बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, बिशिष्ट अतिथि पूर्व प्राज्ञ सदस्य सचिव सनत कुमार रेग्मी

त्यस्तै चर्तुथ अन्तरदेशीय अवधी रजत सम्मान –२०८१ र अवधी गौरब रजत सम्मान–२०८१  बाट ६० जनालाई समाजसेवी र साहित्यकारहरुलाई सम्मान गरिएको थियो भने बिमला–बिष्णु अवधी सेवा सम्मान–२०८० बाट  ५ जना सम्मानित भएका छन् ।

कार्यक्रममा बैष्णवी बैश्य र गौरी बैश्यले कजरी नृत्य, रेखा बैश्य तुल्सी भजन र सुशीला बैश्यले कजरी गीत प्रस्तुत गरेकी थिइन भने आराधना बैश्य, निरहू यादव, मञ्जु बैश्य, कृष्णा देवी पाण्डेय, मो. मुस्तफा अहसन कुरैशी, पत्रकार शंकर प्रसाद खनाल (जनप्रिय खनाल) र सम्मानित व्यक्तत्वहरु लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए

अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा संस्थापक बिष्णुलाल कुमालद्वारा सञ्चालित, रमेश चन्द कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल र भारतका ६५ जना अवधी प्रेमी, समाजसेवी, साहित्यकारहरुलाई आयोजक संस्था अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिले दोसल्लाह ओढाएर र गम्छा सहित सम्मान–पत्रद्वारा सम्मान गरेको थियो ।