१९ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले युद्धको शुरुवात रुकम रोल्पा जाजरकोटबाट भएको थाहा पाएपछि आफूले शान्ति प्रकृयाको भावले लागेको बताउनुभएको छ । मन्त्री शाहले आज नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बताउनुभएको हो ।
मन्त्री शाहले केहीबर्षबाट रेडक्रसमा राजनितिक छिरेर विवादित भएको छ यस्लाई चाँडै नै निराकरण गर्नुपर्ने बताउनुभयो । हरेक कामकारवाहीमा नियत सफा हुन जरुरी रहेको छ ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यले नेपाल रेडक्रस सोसाइटीले सुर्खेतमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रलाई व्यवस्थित बनाउन अनुरोध गर्नुभयो । एक प्रसङ्गमा शाक्यले दानमा दिएको रगतलाई सरकारले निशुल्क गर्न नसकेको बताउँनुभयो । उहाँले भन्नुहुन्छ “केही प्रदेश र केही पालिकाले आफ्ना नागरिकलाई निशुल्क रगत उपलब्ध गराएको छ अब कर्णाली सरकारले पनि आफ्ना नागरिकलाई निशुल्क रगत उपलब्ध गराउनुपर्छ ।”
यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दिर्घबहादुर पोखरेलले कर्णाली प्रदेशका नागरिकहरुकालागि निःशुल्क रगत उपलब्ध गराउनकालागि आफूले कार्यक्रम लैजाने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शुभकामना मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले गर्नुभएको थियो ।
News Desk । १९ भाद्र २०८१, बुधबार १२:२९ बजे