
३० भाद्र, नेपालगञ्ज (बाँके) । बाँकेका स्वयंसेवी शतक रक्तदाता पवन जायसवालले बर्दियाको राजापूरको जोतपूरमा १ सय १ औं पटको रक्तदान गर्नुभएको छ । यूनिक नेपाल केन्द्रिय कार्यालय बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति बर्दियाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा जायवालले १ सय १ औं पटकको रक्तदान गर्नुभएको हो ।
यूनिक नेपालका केन्द्रिय अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा, राजापुर नगरपालिका मेयर बाँके दिपेश थारुको प्रमुख आतिथ्यमा, बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति अध्यक्ष लोकराज ढुंगाना, राजापुर नगरपालिका वार्ड नं.–५ का वडाध्यक्ष रमेश दहित, बाँके जिल्लाका वरिष्ठ रक्तदाता पवन जायसवालले स्वयंसेवी रक्तदाताहरुलाई रगत संकलन थैली हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले अर्कालाई जीवित गर्नका लागी रक्तदान गरी रहेका छौं । सिकलसेल एनिमिया, दुर्घटनामा परेका व्यक्ति र सुत्केरी महिलाहरुलाई आपतकालिन अवस्थामा सहजता होस् भनेर रक्तदानको आयोजना गरिएको हो । रक्तदान गर्ने इच्छा हुन्छ तर प्राविधिक कारणले दिन पाईरहेका छैनौं । मैले पनि यस्तो शिविरमा ३ पटक र कहिले पनि नचिनेको बिरामीलाई रगत दिएको बताउनुभयो । साथै उहाँले रक्तदानकालागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
युनिक नेपाल केन्द्रिय कार्यालयका कार्यक्रम अधिकृत जगतराम चौधरीद्वारा सञ्चालित, सोम प्रसाद चौधरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बाँकेमा वरिष्ठ रक्तदाता तथा शतक रक्तदाता पवन जायसवाललाई खादा लगाएर सम्मान गरिएको थियो । भने राजापुर नगरपालिकाका मेयर तथा प्रमुख अतिथि दिपेश थारुले रगत संकलन गर्ने पाकेट शतक रक्तदाता १ सय १ पटक रक्तदान गर्नु हुने पवन जायसवाललाई हस्तान्तरण गर्नुभएको थियो ।
यसरी उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति अध्यक्ष लोकराज ढुंगाना, समाजका जिल्ला सदस्य शिशिर शर्मा, कुमारी राधा चौधरी, केशव काफले, राम प्रसाद चौधरी, हरी प्रसाद दिहित, राम स्वरुप थारु, सुवाष दहित, अमित दहित, बिनोद दहित, राज कमल चौधरी, भागरथ चौलागाई, बिनोद थारु, इतवारी थारु, लक्ष्मी प्रसाद दहित, मंगल थारु, बिशाल चौधरी, थनदार थारु, राज कुमार चौधरी, राम करण थारु, राजेन्द्र प्रसाद थारु, दिपेन्द्र चौधरी, दिल बहादुर चौधरी, आशीष कुमार थारु, दयाराम चौधरी, कृष्ण चौधरी, रामदेव थारु, नगेश कुमार थारु, देवेन्द्र चौधरी, राजेश चौधरी, तिलक घर्तीमगर, भिम कुमार थारु, जोगीलाल चौधरी, सोहन चौधरी, जंगलु चौधरी, नरेश थारु, सुनिल चौधरी कृष्ण प्रसाद थारु, ज्ञान बहादुर चौधरी, शंकर चौधरी, कृष्ण कुमार चौधरी, खुशीराम चौधरी, महेश कुमार चौधरी, जित बहादुर थारु, नेपालु चौधरी, जगतराम चौधरी लगायतले महलिा पुरुष गरी ४७ जनाले रक्तदान गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा राजापुर नगरपालिका वार्ड नं.–८ वडा कार्यालय, साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, ज्योति बिकास बैंक लिमिटेड, कर्णाली बिकास बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्युरेन्स लिमिटेडले आर्थिक सहयोग गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा राजापुर रक्त संकलन तथा भण्डारण केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
यूनिक नेपालका कार्यक्रम संयोजक सोम प्रसाद चौधरी (डेमनडौरा) का अनुसार संकलित रगत मध्ये २५ पिन्ट नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखालाई र २२ पिन्ट राजापुर रक्त संकलन तथा भण्डारण केन्द्रलाई हस्तान्तरण गरिएको बताउनु भएको छ । पछिल्लो समय सिकलसेल एनीमियाका बिरामी, दुर्घटनाका घाइते र सुत्केरीहरुलाई रगत अत्यावश्यक पर्ने हुँदा थोरै भएपनि माँगको परिपुर्ति गर्न संकलित रगत काम लाग्ने अपेक्षा गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समितिका अध्यक्ष लोकराज ढुङ्गानाले बताउनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि, शिषेश अतिथि, अतिथि र स्वयंसेवी रक्तदाताहरुलाई टिसर्ट बितरण गरिएको थियो भने कार्यक्रममा यूनिक नेपालका कृष्ण प्रसाद थारु, ज्ञान बहादुर चौधरी, बिजेन्द्र दिहित, राधे कृष्ण थारु लगायतले प्राविधिकको काममा सहयोग र रगत संकलन गर्ने कार्यमा निकै मेहनतका साथ एकलै महेश चौधरीले प्राविधिक सहयोग गर्नुभएको थियो र




Prawash Kumar Shakya । ३० भाद्र २०८१, आईतवार १८:५१ बजे