रसुवामा रक्तदान, ७० पिन्ट रगत संकलन


३ असोज, रसुवा । रसुवामा नेपाल स्वयंसेवी रक्तदाता समाज कालिका गाउँपालिका समिति, र कालिका हिमालय एस.एल.सी. ०५६ द्वारा संयुक्तरूपमा रसुवाको कालिकास्थान कालिका बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कालिका गाउँपालिका उपाध्यक्ष मिरा तामाङको प्रमुख आतिथ्यता रहेको उक्त रक्तदान कार्यक्रमको शुभारम्भमा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रचना गर्नुभएको “रसुवा” शिर्षकको कविता वाचन गरि तथा रक्त संकलन थैली हस्तान्तरण गरेर गरिएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा अध्यक्ष प्रमिला लामा, अतिथिहरूमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका कोषाध्यक्ष निशान गजुरेल र नेपाल स्वयंसेवी रक्तदाता समाज कालिका गाउँ पालिका समितिका अध्यक्ष तारा कार्की अधिकारीको सहभागिता रहेको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा सचिव हेमनाथ खतिवडाले संयोजन गर्नुभएको कार्यक्रमको सभापतित्व कालिका हिमालय एस.एल.सी. २०५६ ब्याचका रामप्रसाद ढकाल गर्नुभएको । कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो

 

नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्य

कविता “रसुवा”

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूको उर्वरभूमि रसुवा !
रगतको मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हो रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !