सामान्य व्यायाम नगर्दा वर्षमा ५० लाखको मृत्यु


exercise-girl–सामान्य गतिविधि जस्तै फटाफट हिडाईले दैनिक आठ घन्टा वा सो भन्दा बढी बस्दा हुने असामयिक मृत्यको सम्भवानबिरुद्ध जुध्न सहयोग पु–याउने
–व्यायायमको अभावमा पाँच प्रमुख रोग– मुटु, स्ट्रोक, डायबिटिज,स्तन क्यान्सर र कोलोन क्यान्सरको उपचार खर्चमा मात्र सन् २०१३ मा संसारभर ६७ दशमल ५ अरब डलर मुल्य चुकाउनु परेको छ  ।
–वैज्ञानिकहरुका अनुसार दिनमा ८ घन्टासम्म बस्ने तर अन्य कार्यमा सक्रीय हुने मानिसलाई थोरै समय बस्ने तर अन्य कार्यमा पनि निस्कृय हुने मानिसलाई भन्दा असामयिक मृत्यु हुने सम्भवाना न्यून हुन्छ ।  
–डब्लुएचओले सातामा कम्तिमा १५० मिनेट फटाफट हिड्न दिएको  सुझाब आफैमा अपर्याप्त

सामान्य शाररिक व्यायामको अभावमा वर्षेनी ५० लाखको मृत्यु हुने गरेको एक बृहत अध्ययनले देखाएको छ । शाररिक रुपमा निष्क्रिय हुने मान्छेको सँख्या बढ्दै जाँदा विश्व अर्थतन्त्रले वर्षेनी स्वास्थ्य उपचार र उत्पादनमा ६७ दशमबल ५ अरब डलर मुल्य चुकाउनु परेको उक्त बृहत अध्ययनले देखाएको छ । १० लाख मानिसमा गरिएको सो अध्ययन अनुसार दिनमा एक घन्टा व्यायाम गर्दा सो खर्चमा उल्लेखनीय कटौती गर्न सकिने उल्लेख छ  ।

निष्क्रिय जीवनशैलीका कारण मुटु रोग, डायबिटिज र क्यान्सरसँग सम्बन्धित समस्या बढ्दै गएको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । तर सामान्य गतिविधि जस्तै फटाफट हिँडाईले दैनिक आठ घन्टा वा सो भन्दा बढी बस्दा हुने असामयिक मृत्युको सम्भवानाबिरुद्ध जुध्न सक्ने पनि उनीहरुले बताएका छन् ।
यस्तो निष्क्रियताले वर्षमा ५० लाख बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ । यो मृत्युदर धुमपानका कारण हुने मृत्युको संख्या जत्तिकै हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार धुमपानबाट बर्सेनी ६० लाख मानिसको मृत्यु हुने गरेको छ ।

आफ्नो बृहत अध्ययनलाई अनुसन्धानहरुको अन्तर्राष्ट्रिय समूहले लन्डनमा समिक्षा गरेका थिए । उनीहरुका अनुसार शारीरिक व्यायाममा नगन्य प्रगति भएको बताए ।  डब्लुएचओले सातामा कम्तिमा १५० मिनेट फटाफट हिड्न दिएको  सुझाब आफैमा अपर्याप्त भएको नर्वेजियन स्कुल अफ स्पोर्टस  साइन्स एन्ड क्याम्ब्रिज युनिर्भसिटीका प्राध्यापक युफ इकलुन्डले भने । एक चौथाई वयस्यकले त डब्लुएचओको सो सुझाबलाई वास्तै गरेका छैनन् ।

‘तपार्इं खेल्न जान वा जिम हलमा पुग्नु पर्दैन तर दैनिक एक घन्टा सामान्य व्यायायम गर्नैपर्छ,’ उनले भने । दैनिक दिनमा साढे पाँच किलोमिटर प्रति घन्टा वा १६ किलोमिटर प्रति घन्टा साईकलिङ अनिवार्य भएको उनले बताए ।

वैज्ञानिकहरुका अनुसार दिनमा ८ घन्टासम्म बस्ने तर अन्य कार्यमा सक्रीय हुने मानिसलाई थोरै समय बस्ने तर अन्य कार्यमा पनि निष्क्रिय हुने मानिसलाई भन्दा असामयिक मृत्यु हुने सम्भवाना न्यून हुन्छ ।  उनीहरुका अनुसार  दिनमा जतिसुकै निष्क्रिय भए पनि व्यायाम सबैभन्दा महत्वपूर्ण भएको वैज्ञानिकहरुले सुझाब दिएका छन् ।

बिहीबार ल्यान्सेटमा प्रकाशित सो अध्ययन अनुसार लामो समय बस्ने तर केही पनि काम नगर्ने मानिसलाई असामयिक मृत्युको सबैभन्दा बढी खतरा हुन्छ ।

व्यायामको अभावमा पाँच प्रमुख रोग– मुटु, स्ट्रोक, डायबिटिज, स्तन क्यान्सर र कोलोन क्यान्सरको उपचार खर्चमा मात्र सन् २०१३ मा संसारभर ६७ दशमल ५ अरब डलर मुल्य चुकाउनु परेको वैज्ञानिकहरुले बताए ।

साभारः स्वास्थखबर पत्रिका