१४ असोज, काठमाडौं । हालैको बाढी, पहिरो र डुवानका कारण करिब २ सय जना भन्दा धेरैको मृत्यु भएको र धनजनको क्षतिप्रति सरकारले दु:ख व्यक्त गर्दै भोलीदेखि ३ दिन सम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
आज (सोमबार) बसेको मन्त्री परिषदको बैठकले मंगलबार देखि ३ दिनसम्म राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । त्यस्तै मृतक परिवारलाई जनही २ लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।
मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मन्त्रिपरिषद्का सदस्यहरूको एक महिनाको तलब जम्मा गर्ने निर्णय समेत गरिएको छ।
राष्ट्रिय शोकमा सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ भने अन्य सरकारी कामकाज यथावत रहने बताइएको छ ।
Prawash Kumar Shakya । १४ आश्विन २०८१, सोमबार २२:५० बजे