भक्तपूरको ब्यासीमा ४४ पिन्ट रगत संकलन


१९ गते ब्यासी भक्तपुर / नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखा, प्रभात भूतपूर्व विद्यार्थी संघ, साइकल कनेक्ट भक्तपुर,पायोनियर ओपन क्रु र जुजु बाइक्सले भक्तपूरको ब्यासीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य रक्त संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका अध्यक्ष सद्दाम बालाकाे सभापतित्वमा आयाेजित रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४४ जना स्वयंसेवी रक्तदाताहरूले रक्ततदान गर्नुभएको थियो ।