नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा संघीय सरकारका स्वास्थ्य मन्त्री पौडेल समक्ष ज्ञापन पत्र पेश


नेपाल स्वयंसेवी रक्तदाता समाजले आज नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउनकालागि पहल गर्न ज्ञापन पत्र पेश गरेको छ ।

“प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व / कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडित पक्ष (विरामी)को नैसर्गिक अधिकार हो” नारा तय गरि देशभर छरिएर रहेका रक्तदाताहरुको हकहित र रक्तदान कार्यक्रमको आयोजना एवं रक्तदान कार्यक्रम गर्ने संघसस्थाहरु वीच समन्वय गर्दै आएको समाजले निःशुल्क रगत र रक्ततत्वकालागि मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले मानवीय जीवनको महत्वपूर्ण पक्ष रगत भएकोले यसलाई गम्भीररुप लिँदै कार्यान्वयनकालागि आवश्यक प्रकृया अगाडी बढाउन मातहत कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा समाजका केन्द्रीय कोषाध्यक्ष प्रमिला तामाङ्ग एवं केन्द्रीय सदस्यद्वय सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटीको सहभागीता रहेको थियो ।