
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश चलचित्र छायाँङ्कनकालागि सर्वोत्कृष्ट प्रदेश भएको बताउनुभएको छ । वीरेन्द्रनगरमा आजबाट “घुमौं कर्णाली, हेरौं कर्णाली” नाराका साथ शुरु भएको दोश्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोसत्सवमा यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कँडेलले चलचित्र छायाँङ्कनकालागि प्राकृतिक हिसाबले उत्कृष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो “तपाई चलचित्रकर्मीहरुले केही चलचित्र बनाएर कर्णालीका पर्यटन विकासमा योगदान पुर्याउनुभएकोमा धन्यवाद दिन चाहन्छु । हामीले हाम्रो क्षेत्रको विकासका निम्ति पहिला नै गर्नुपर्थ्यो तर त्यो समयमा गर्न सकेनौं अहिले तीनैतहका सरकार मिलेर पूर्वाधारको विकासलाई जति छिटो पुग्न सक्छौ यस्ले चलचित्र क्षेत्रलाई पनि सहयोग र सार्थक सिद्ध हुनेछ ।”
कर्णालीलाई विकट र अभावकारुपमा रहेको प्रदेशलाई हटाउनकालागि तीनैतहका सरकार, सबै क्षेत्रको सहयोग र संलग्नताबाट संमृद्ध कर्णाली प्रदेशमा रुपान्तरण गर्न सकिने र त्यस्कालागि यो कार्यक्रमले पनि एउटा कोशे ढुङ्गा सावित हुने मुख्यमन्त्री कँडेलले बताउनुभयो । “कर्णालीको गुराँस, दैलेख, जुम्ला र रारामा गरिने कार्यक्रमले नेपाल भाषाको उद्गम थलो सिँजा सम्यतालाई चलचित्रले देशविदेशमा चिरपरित अभियानले कर्णाली प्रदेश सरकारले संचालन गरेको संमृद्ध कर्णाली सुखारी कर्णालीको महान लक्ष्य यो कार्यक्रमले सहयोग सिद्ध हुनेछ । मुख्यमन्त्री कँडेलले भन्नुभयो ।
कार्यक्रममा महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको पर्यटन तथा चलचित्र क्षेत्रको सम्भावनालाई उजागर गराउनकालागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “कर्णालीलाई चलचित्रका माध्यमबाट ठूलो क्यानभासमा उतारेर संसारभर पर्यटन प्रवर्धन हुने उद्देश्यले हामीले यो कार्यक्रम गर्दैछौ । कर्णालीमा अनौठो र अर्गानिक कथाहरु संस्कृति, सभ्यतालाई चलचित्रका पर्दामा उतार्न सकिएको छैन यस्लाई चलचित्रलाई उतार्न सकियो भने कर्णाली मात्र नभएर सिङ्गो नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्न सकिनेछ । यो कार्यक्रमले चलचित्र निर्माताहरुलाई छायाङ्कन गर्न अभिप्रेरित गर्नेछ ।”
Prawash Kumar Shakya । २५ फाल्गुन २०८१, आईतवार १५:४३ बजे