१७ असार, बर्दिया । प्रहरीले बर्दियामा १२ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ । बजारको विभिन्न क्षेत्रको अनुगमन गरी संकलन गरिएकोे सुन नमुना गुणस्तर तथा नापतौल विभागमा परिक्षण गर्दा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि विक्रि वितरण गरेको पाइएको हुँदा जिल्लाको गुलरिया नगरपालिका, वासगढि नगरपालिका र राजापुर नगरपालिका बाट १२ जना सुन व्यवसायीहरुलाई पक्राउ गरीएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङगले बताउनु भयो ।
पक्राउ परेका सुन व्यवसायीहरुलाई कालो वजार तथा केहि सार्वजनिक अपराध तथा सजाए ऐन २०३२ अन्तर्गत पक्राउ गरि कारवाहिको पक्रृया अघि वढाइने प्रहरीले जनाएको छ ।



Milan Shrestha । १७ असार २०७५, आईतवार ०४:०२ बजे