
अहिलेको समय केही नयाँ दृश्य देख्यो कि पुरै सामाजिक सञ्जालमा भाइरल भैरहेको अवस्था भएको छ । त्यस्ता ठाँउहरुमा विशेष गरेर सामाजिक सञ्जाल TikTok बनाउनेहरुको भिड रहने गरेको पाइएको छ । यस्तै अहिले बाँकेको नेपालगंज शहरको सुर्खेत रोडमा पनि फूल फुल्दा मानिसहरुको फोटो खिच्ने र भिडियो खिच्नेहरुको भिड बढेको छ । जहाँ प्रहरीलाई समेत भिड हटाउन सकस परिरहेको अवस्था पनि रहेको छ ।
यसै ठाँउलाई हाम्रा सहकर्मी रिसब कार्कीले आफ्नो क्यामेराले कैद गर्नुभएका केही दृश्यहरु ।


News Desk । १७ चैत्र २०८१, आईतवार १४:०३ बजे