
२३ चैत्र, सुर्खेतः अन्नपूर्ण पोस्ट दैनिकका कर्णाली प्रदेश ब्युरो प्रमुख ललितबहादुर बुढा पुरस्कृत हुनुभएको छ । सुर्खेत उद्योग वाणिज्य संघले आफ्नो ३५औं बार्षिक साधारण सभाको अवसरमा यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट बुढालाई पुरस्कृत गरेको हो ।
आर्थिक क्षेत्रमा कलम चलाएर समाचार मार्फत कर्णाली प्रदेशको आर्थिक सम्भावनालाई उजागर गरेको भन्दै संघले सम्मानसहित पुरस्कृत गरेको हो । संघले वार्षिक रुपमा आर्थिक क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाइ पुरस्कृत गर्ने कार्यक्रम अर्न्ततत यसवर्ष आर्थिक पत्रकारिता पुरस्कार पत्रकार बुढालाई दिइएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताउनुभयो ।
सम्मान पत्रसहित बुढालाई ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निरक केसीले हस्तान्तरण गर्नुभयो । पत्रकार बुढाले यसअघि प्रादेशिक शिक्षा पुरस्कार, पर्यटन पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृति र सरसफाइ पुरस्कार पाइसक्नुभएको छ ।
पुरस्कृत गर्दै संघले आगामी दिनमा पनि कर्णालीको आर्थिक विकास र सम्भावनाको खोजीमा निरन्तर कलम चलाउन आग्रह गरेको छ ।



Milan Shrestha । २३ चैत्र २०७५, शनिबार २०:३४ बजे