
पवन जायसवाल ।
नेपालगन्ज (बाँके) नेपालगञ्जकी मोनिका कठायत “ULittle & Teen GLAM PAGEANT 2025” प्रतियोगिताकालागि फिलिपिन्सको राजधानी मनिला जाँदै हुनुहुन्छ ।
बाँके जिल्लाको नेपालगञ्जबाट उहाँ एक मात्र प्रतिष्पर्धी रहनुभएको छ । फिलिपिन्सको राजधानी मोनिलामा मे २४ देखि २९ सम्म हुन गइरहेको “ULittle & Teen GLAM PAGEANT 2025” का लागि उहाँ नेपालबाट छनौट हुनुभएको हो ।
नेपालबाट मोनिका कठायतसंगै अन्य तीन जना पनि छनौटमा परेका छन् । तर मोनिका कठायत नेपालगञ्जबाट एक्ली प्रतिष्पर्धी रहनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले मोनिका कठायतलाई विदाई गर्नुभएको छ । उहाँले विदाई गर्दै सफलताको शुभकामना दिनुभयो । नगरप्रमुख प्रशान्त विष्टले नेपालगञ्जको शानको रुपमा रही फिलिपिन्सको राजधानी मोनिला जान थाल्नुभएका उहाँलाई आफ्नो र नेपालगञ्जको नाम सधैं उच्च गर्न शुभकामना दिनुभएको छ । मोनिका कठायत नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१० सुर्खेत रोडस्थित आदर्श माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ ।
Prawash Kumar Shakya । ९ जेष्ठ २०८२, बिहीबार १०:४२ बजे