
२८ मंसीर, सुर्खेत । गत मंसीर २२ गते भारतको महाराष्ट्र राज्यको अमरावतीमा भएको अन्तराष्ट्रिय पावर लिफ्टिङ वल्ड कप–२०२० मा २ स्वर्ण पदक जित्न सफल सुर्खेती चेली श्रुती कार्कीको आज गृहनगर सुर्खेतको वीरेन्द्रनगरमा भब्य स्वागत गरिएको छ ।
कार्कीले प्रतियोगितामा जुनीयर क्याटोगेरेटी १ र ओभलअलमा १ गोल्ड मेडल गरि जम्मा २ वटा स्वर्ण पदक जित्न सफल हुनुभएको हो । उहाँ अन्तराष्ट्रिय पावर लिफ्टिङ्ग व्लर्ड कप–२०२० मा नेपालको तर्फबाट सहभागिता जनाउने एक्ली महिला समेत हुनुहुन्थ्यो ।

मिडवेष्टर्न फिटनेस सेन्टरका संचालक एवंम् प्रशिक्षक प्रमोद हमालले श्रुतीलाई गृहनगरमा स्वागत गर्दै श्रुतीको सफलताले कर्णाली प्रदेशको एउटा नयाँ उचाइ बनेको बताउनुभयो । उहाँले भन्नुभयो अब श्रुतीको यो सफलताले कर्णालीका अन्य महिलाहरुलाई पनि प्रेरणा मिल्ने छ ।
त्यस्तै श्रुतीलाई स्वागत गर्दै श्रुतीकी आमा सुनिता कँडेल कार्कीले श्रुतीलाई दिनरात मेहेनत गरेर प्रशिक्षण दिने प्रशिक्षक प्रमोद हमाल (प्रेम) तथा जीवन गुरुङ्ग र केदार गुरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
स्वर्णपदक विजेता श्रुतीलाई सुर्खेत विमानस्थलबाट वीरेन्द्रनगर बजार परिक्रमा गराईएको थियो ।




Prawash Kumar Shakya । २८ मंसिर २०७७, आईतवार १५:५७ बजे