
पवन जायसवाल
नेपालगन्ज, (बाँके) पवन जायसवाल ।
बाँके जिल्लाको नेपालगन्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको “Little & Teen GLAM PAGEANT-2025 ” को बिजेता हुनुभएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–३ निवासी मोनिका कठायतलाई जेष्ठ १६ गते नेपालगन्जको राँझा एयरपोर्टमा स्वागत गर्नका लागी नेपालगन्जका शुभचिन्तक पुगेको पुगेका थिए ।
नेपालगन्जको राँझा एयरपोर्टमा आफ्नो भनाई राख्दै मोनिका कठायतले– फिलिपिन्सको राजधानी मनिलामा विभिन्न देशका ३३ जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै प्रतियोगितामा विजयी भएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले ‘आफूले आफ्नो देशको नामका साथै बाँके जिल्लाको नाम समेत उच्च गरेकोमा खुशी व्यक्त गर्नुभयो ।’
यसैगरी उहाँकी आमा जो छोरी मोनिकासँगै फिलिपिन्स पुगेकी थियो । उहाँले छोरीले गरेको परिश्रमको उच्च सम्मान गर्दै आफू धेरै खुशी रहेको बिचार राख्नुभयो ।
करीब १ साता अगाडी मात्र नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले फूलमाला, खाता सहित मोनिकालाई अग्रीम बधाई साथ प्रतिस्पर्धाको लागि फिलिपिन्स तर्फ बिदाई गर्नुभएको थियो । मोनिका कठायतलाई स्वागत गर्न पुग्नुभएका सामाजिक व्यक्तित्व तथा गौरब स्मृति तथा बियोर सेल्फ फाउण्डेसनका संरक्षक प्रदीप शाह राँझा एयरपोर्टमा खुशी व्यक्त गर्दै मोनिकाले अरु नानुहरुको लागि प्रेरणा बनिसकेको भनाई राख्दै आउने दिनमा उज्वल भविष्यको कामना ब्यक्त गर्नुभयो ।
मोनिका कठायतले प्रतियोगिताको लागि नेपालबाट छनौट हुनुभएको थियो । प्रतियोगिताको लागि फिलिपिन्सको राजधानी मनिलामा मे २४ देखि २९ सम्म सम्पन्न भएको प्रतियोगितामा नेपालबाट उहाँसंगै अन्य तीन जना पनि छनौटमा परेका थिए । तर, नेपालगन्जबाट भने उहाँ एक्ली प्रतिस्पर्धी रहनुभएको थियो । मोनिका आदर्श माध्यमिक विद्यालय सुर्खेतरोडमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ ।
Prawash Kumar Shakya । १८ जेष्ठ २०८२, शनिबार १५:३५ बजे