डलर अहिलेसम्म्मकै महँगो


काठमाडौं( परिवर्तनीय ९संसारका धेरैजसो मुलुकमा साटिने० विदेशी मुद्रा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। बुधबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य एक सय नौ रुपैयाँ ७७ पैसा तोकेको छ। नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको हो। अमेरिकी अर्थतन्त्र थप बलियो हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो।
लभउबष्उिबतचय(लबनबचष्प
डलरको भाउ बढ्दा दैनिक उपभोग्य वस्तुदेखि ठुल्ठूला मेसिन औजारसमेत आयात गर्नुपर्ने नेपालका सर्वसाधारणको टाउकोमा महँगीको भारी थपिने छ। महँगीले नेपालजस्तो विपन्न मुलुकका थप नागरिकलाई गरिबीको रेखामुनि धकेल्न सक्छ।

डलरको मूल्य यति धेरै महँगो यसअघि कहिल्यै नभएको राष्ट्र बैंकको भनाइ छ। यसअघि गत माघ २३ गते डलरको बिक्री मूल्य एक सय नौ रुपैयाँ ७५ पैसासम्म पुगेको थियो। बुधबारको बिक्री दर यसअघिको कीर्तिमानभन्दा दुई पैसा बढी हो

अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए। ुभारतीय मुद्रा निरन्तर अवमूल्यन भएकाले डलरको भाउ बढेको हो,ु उनले भने, ुडलर बलियो भएका कारण यस्तो स्थिति आएको हो।ु अमेरिकी अर्थतन्त्र बलियो भएकाले डलरको भाउ निरन्तर उकालो लाग्न पुगेको उनी बताउँछन्।

वाणिज्य बैंकहरुले बुधबार अमेरिकी डलरको बिक्री मूल्य एक सय १० रुपैयाँसम्म निर्धारण गरे। केन्द्रीय बैंकले निर्धारण गरेकोभन्दा केही फरक हुने भएकाले उनीहरुले केही महँगोमा डलर बिक्री गरे। राष्ट्र बैंकले निर्धारण गरेको विनियम दरकै हाराहारीमा वाणिज्य बैंकले डलरको खरिद–बिक्री मूल्य निर्धारण गर्दै आएको पनि ढुंगानाले जानकारी दिए।

अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले डलरको भाउ अझै बढ्न सक्ने विज्ञहरु बताउँछन्। ुअमेरिकी अर्थतन्त्र अझै मजबुत हुने अवस्था देखिएको छ,ु एकजना विज्ञले बुधबार नागरिकसँग भने, ुत्यसैले डलरको भाउ अझै बढ्ने सम्भावना देखिन्छ।ु

डलर महँगिदा नेपाललाई फाइदाभन्दा धेरै बेफाइदा हुने उनको भनाइ छ। ुआन्तरिक उत्पादन राम्रो भइदिएको भए निर्यात गरेर आम्दानी गर्न सकिन्थ्यो,ु उनले भने, ुतर, निर्यातभन्दा आयात बढी हुने भएकाले डलर बेफाइदा हुन्छ।ु

डलरको भाउ बढ्दा विदेशबाट आयात हुने सामान महँगिन्छ। स्वदेशी मुद्रा कमजोर हुँदा सर्वसाधारणको भान्छामा चाहिने नुनतेलदेखि ठुल्ठूला जलविद्युत आयोजनाका टर्बाइनसम्मको लागि बढी मूल्य तिर्नुपर्छ। नेपाल सरकारले तिर्ने विदेशी ऋणको साँवा–ब्याज भुक्तानीका लागि पनि बढी रकम छुट्ट्याउनुपर्ने हुन्छ। सरकारले विदेशी ऋणको साँवा–ब्याजको भुक्तानी परिवर्तनीय मुद्रा अमेरिकी डलरै गर्छ।

निकासीकर्ता, पर्यटन उद्योग र विप्रेषण बुझ्ने परिवारमा भने डलरको भाउ महँगिदा आम्दानी बढ्छ। विदेशी पर्यटक लक्षित होटल, रिसोर्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी जस्ता पर्यटन उद्योगले विदेशी पर्यटकबाट सेवा शुल्क डलरमा भुक्तानी लिने हुँदा उनीहरुको आम्दानी बढ्छ। निकासीकर्तालाई पनि निकासी गरेको सामानको भुक्तानी डलरमै प्राप्त हुने हुँदा उही परिमाणको वस्तुबाट बढी रकम हात पर्छ। विदेशमा बसेर कमाउने नेपालीको आम्दानी पनि बढ्छ।

अमेरिकी रोजगारी र अर्थतन्त्र सुधारको दिशामा गएकाले डलर थप महँगो भएको विज्ञहरुको भनाइ छ। अमेरिकामा बेरोजगारी घटेकोले डलरलाई बलियो हुन सघाउ पुगेको उनीहरुको भनाइ छ।

पाँच वर्षअघि एक डलर किन्न लगभग ७१ रुपैयाँ तिर्नुपर्थ्यो। अहिले एक सय १० रुपैयाँ तिर्नुपर्छ। अर्थतन्त्र कमजोर हुँदा मुद्रा पनि कमजोर बन्छ। तर यतिबेला नेपाली अर्थतन्त्र कमजोर भए पनि रुपैयाँ सस्तिनुमा यसको हात छैन। यसमा नेपाल सरकार र केन्दीय बैंकले कुनै उपचार खोज्न पनि सक्दैनन्।

नेपाली मुद्रा र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर कायम गरिएकाले भारु सस्तिए नेपाली रुपैयाँ सस्तिन्छ, भारु महँगिए महँगिन्छ। अहिले भएको त्यही हो। अर्थात भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको सिधा असर नेपाली रुपैयाँको विनिमय दरमा परेको हो।

विश्व बजारमा अमेरिकी डलरको माग उच्च दरले बढेका बेला एसियाली मुद्राहरु कमजोर हुन थालेकाले भारुको तुलनामा डलर महँगिएको हो।

जापानमा देखिएको आर्थिक समस्याले त्यहाँको मुद्रालाई कमजोर बनाएपछि डलरलार्ई थप फाइदा पुगेको विज्ञहरुको भनाइ छ। अहिले जापानी येन डलरको तुलनमा कमजोर भएको छ। युरोसमेत डलरको तुलनामा कमजोर हुँदा भारुमाथि थप दबाब सिर्जना भएको विश्लेषक बताउँछन्।

विश्व बजारमा सुन र पेट्रोलियम पदार्थको भाउ निरन्तर ओरालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनमा आएको अस्थिरताले लगनीकर्ता अन्य क्षेत्रतर्फ मोडिँदा डलरको मूल्य बढेको जानकार बताउँछन्। एकजना विज्ञले भने, ुसुन र तेलमा घटबढ भएका कारण डलर बढेको हो।ु

अमेरिकी सेयर बजारप्रति संसारभरका लगानीकर्ताको आकर्षण बढेको बढ्यै छ। यसले डलरलाई थप बलियो बनाउन सहयोग गरेको छ।

डलर महँगिदा बढ्ने विप्रेषण आप्रवाहले सरकारी खातालाई गम्भीर दुर्घटनामा पर्नबाट अस्थायी रुपमा रोक्न भने केही मद्दत गर्छ। तर जनस्तरमा असमानता बढाउनेछ। विज्ञहरु डलरको तीव्र अधिमूल्यनले बजारमा महँगी बढाउने र यसले आर्थिक हिसाबले सिँढीको पुछारमा रहेका नागरिकलाई गरिबीको रेखामुनि धकेल्ने बताउँछन्।

अमेरिकी ट्रेजरी बिलमा लगानी गरेका कारण डलर बढेको हुन सक्ने विज्ञको भनाइ छ। उनीहरु भन्छन्, ुसुरक्षित लगानी खोज्न थालेकोले पनि डलरको भाउ बढेको हो।ु
साभारः नागरिक अनलाईन ।