बाँकेमा ७० पिन्ट रगत संकलन


नेपालगन्ज (बाँके) । नेपाल औषधी ब्यवसायी संघको ५२ औं स्थापना दिवसको अवसरमा, नेपाल औषधी ब्यवसायी सँंघ बाँके शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ७० जनाले अषाढ १० गते मंगलवार रक्तदान गर्नुभएको छ ।

नेपाल औषधी ब्यवसायी सँंघको ५२ औं स्थापना दिवसको अवसरमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा नेपाल औषधी ब्यवसायी सँंघ बाँकेका सदस्य सन्तोष बाबु सुवेदी, वरिष्ठ बन अधिकृत श्याममणि प्रसाद मण्डल ७५ औं पटक, डा. मेगा मण्डल १५ औं पटक, भरत चौधरी, माधव जोशी, रमन थारु, रामकिसन चौधरी, उमेश थारु, अकबरअली मनिहार, भिमकर थारु, नेपालगन्ज–२० रमेशरपुरका मँहगु प्रसाद यादव १९ पटक, गोबिन्द रोका, योगश बुढा, लव राना मगर, सीता नेपाली लगायत ७० जनाले रक्तदान गर्नुभएको थियो ।

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सम्झना नाथ, जिवराज शाही ठकुरी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा महिला र पुरुष गरी ५५ जना र कोहलपुरमा १५ जना गरी ७० जनाले रक्तदान गरेको कोषाध्यक्ष प्रदीप शाहले बताउनुभयो साथै रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा नेपाल औषधी ब्यवसायी सँंघ बाँके शाखाका अध्यक्ष जयदेव गिरी, उपाध्यक्ष शरदराज अधिकारी, महासचिव जीवन शर्मा, कोषाध्यक्ष प्रदीप शाह, सचिव पूर्णदेव गिरी, सदस्य सन्तोष बाबु सुवेदी, लोक बहादुर कठायत, केन्द्रिय सदस्य सरला बिष्ट, नेपाल औषधी ब्यवसायी सँंघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुदिप खडका लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।