श्रीहिमवत्खण्ड,नेपाल माहात्म्य श्री शिव महापुराण श्रावण १ बाट सुरु हुने


पशुपति क्षेत्र भित्र श्रीहिमवत्खण्ड, नेपाल माहात्म्य श्री शिव महापुराण श्रावण १ बाट सुरु हुने भएको छ । राजानन्द माण्डव्यको सङ्कल्पमा श्रीहिमवत्खण्ड नेपाल माहात्म्य श्री शिव महापुराणको आयोजना हुने भएको हो ।

२८श्रावण मासको १ गतेबाट पशुपति क्षेत्र भित्र पर्ने सुमार्गी भवन अगाडि हुने हिमवत्खण्ड, नेपाल माहात्म्य, शिव महापुराणमा वाचन प्रविण प.दिनवन्धु पोख्रल, आचार्य पं.कविन्द्र न्यौपाने, व्यासाचार्य पं. दिपकिशोर भट्टराई, व्यासाचार्य सुमी मानव, आचार्य सरस्वती चौलागार्ई (शाकम्भरी) आदिले कथा वाचन गर्नु हुनेछ बताइएको छ ।

त्यसैगरी आचार्य गार्गी चौलागाईँ (शाम्भवी), देवी अभियान शर्मा, व्यासाचार्य सञ्जेलजी महाराज, व्यासाचार्य पं चैतन्यकृष्ण महाराजजी, पं. वालकृष्ण अर्याल, पं. नारदमणि पौड्याल, व्यासाचार्य पं. केशव प्रसाद नेपाल , बाल व्यास द्वय पं.कविन वस्ती , पं. विश्वदेव दाहाल लगायतका धार्मिक व्यक्तित्वहरू बाट श्रावण मास भरि सुमधुर कथा वाचन हुने आयोजकले जनाएको छ ।