नवजात शिशुको शब भेटियो


९ असोज, सुर्खेत । जिल्ला वीरेन्द्रनगर बजारको छेउ भएर बग्ने खोर्के खोलामा आज नवजात शिशुको शव भेटिएको छ ।

खोर्के खोलामा रहेको रातो पुलबाट केही मिटर तल प्लाष्टिक झोलामा नवजात शिशुको शव भेटिएको हो । प्लाष्टिकको झोलामा बेरेको अवस्थामा बालबालिकाहरुले शब भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

भेटिएको शिशुको शब बालकको रहेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टमकालागि कर्णाली प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।