समस्याहरु एकै पटक समाधान हुदैन, क्रमिक रुपमा सम्बोधन गर्दै जाने छौः उपप्रमुख खनाल


[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]


१९ असार, सुर्खेत । कुनै पनि समस्याहरु एकै पटक समाधान नहुने भएको हुँदा सबै समस्याहरुलाई क्रमबद्ध रुपमा समाधान गर्दे जाने एक कार्यक्रमका प्रमुख अथितिले बताउनु भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) कर्णाली प्रदेशको आयोजनमा सुर्खेतको वीरेन्द्रनगरमा संचालित अपाङ्गता भएका महिलाहरुका लागि विभिन्न बिषयक ३ दिने कार्यशाला गोष्ठिको समापन कार्यक्रमका प्रमुख अथिति एवंम् वीरेन्द्रनगर नगरपालिकाका नगर उप–प्रमुख निलकण्ठ खनालले उक्त कुरा बताउनु भएको हो ।

खनालका अनुसार नगर क्षेत्रभित्र अपाङ्गता भएका ब्यक्तिहरुकालागि आवश्यक अपाङ्गता मैत्री क्षेत्रहरुको निर्माण गर्न नसकेको प्रति दुख व्यक्त गर्दे उहांहरुको माग अनुसार सम्पूर्ण आवश्यकताहरु एकै साथ पुरा गर्ने भन्दा पनि आफ्नो कार्यकाल सम्म बिस्तारै पुरा गर्दे जाने बताउनु भयो ।


यसै गरी कार्यक्रमका अथिति एवंम् नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेश अध्यक्ष बीरबहादुर भोटेले विभिन्न समयमा राजनैतिक दलहरुले अपाङ्गता भएकाहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आईरहेको बताउनु भयो । भोटेका अनुसार विभिन्न समयमा हुने निर्वाचनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको माग सम्बोधन गर्ने वाचा गरेता पनि हाल सम्म कुनै पनि राजनैतिक दलहरुले सामान्य मागहरुलाई पनि सम्बोधन गर्न नसेको हुँदा अब पनि भोट बैंकको रुपमा मात्र आफुलाई प्रयोग नगरी नेतृत्वका लागी पनि तयार गर्नु पर्नेमा जोड दिनु भयो ।

यहि आषाढ १७ गते देखि १९ गते सम्म वीरेन्द्रनगरमा संचालित कार्यशाला गोष्ठिको समापन कार्यक्रमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेश अध्यक्ष प्रवास कुमार शाक्य, जिल्ला अध्यक्ष मिलन श्रेष्ठ यसै गरी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वयन परिषद सुर्खेतका उपाध्यक्ष हर्कबहादुर गुरुङ्ग, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सचिव यज्ञप्रसाद देवकोटा,सुर्खेत अपाङ्ग समाजका अध्यक्ष माया प्रसाद जैसी लगायतको उपस्थिती रहेको समापन कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल(निडवान)का प्राविधिक सल्लाहकार कृष्ण गहतराजले कार्यक्रमको बिषयमा प्रष्ट पार्नु भएको थियो ।

समापन कार्यशाला गोष्ठिको दोश्रो दिनको कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका शाखा प्रमुख अनिता ज्ञावली र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख मानबहादु कार्कीले सहजीकरण गर्नु भएको थियो ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) कर्णाली प्रदेशका अध्यक्ष रत्ना रानाले सहजीकरण गर्नु भएको समापन कार्यक्रममा सुर्खेत,दैलेख,जाजरकोट र सल्यान जिल्लका ३५ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमका अध्यक्ष एवंम् राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल(निडवान) केन्द्रिय अध्यक्ष प्रतिमा गुरुङ्गले अन्य जिल्लामा भन्दा कर्णाली प्रदेशमा अपाङ्ग भएका महिलहरुको धेरै समस्याका साथ चुनौतीहरु पनि भएको हुदा जनजाति सम्बद्ध संघ संस्थाहरुले अपाङ्ग भएकाहरुको आधारभुत बिषय बस्तुहरुको सम्बोधन गरिदिन आग्रह समेत गर्नु भयो ।