
नेपालगन्ज (बाँके) । सामाजिक क्षेत्रमा करीब दुई दशक देखि महिला तथा बाबालिकाकालागि सक्रिय रुपमा काम गर्दै आई रहेको रहेको फातिमा फाउण्डेसन नेपालले आफ्नै भवन निर्माण गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट र रेडक्रस सोसाइटी केन्द्रिय महामन्त्री मीनबहादुर मल्लले संयुक्त रुपले श्रावण २५ गते आइतवार रिबन काटेर फातिमा फाउण्डेसनको भवन उद्घाटन गर्नुभएको हो ।
‘हाम्रा संस्थापक स्व.मोहम्मदी सिद्दीकीले दुई दशक अघि देखेको सपना आज साकार भएको छ,’ फातिमा फाउण्डेसन नेपालको कार्यालय भवन उ्दघाटनमा हर्षविभोर प्रकट गर्दै फातिमा फउण्डेसनकी अध्यक्ष मैमुना सिद्दीकीले संस्थापक स्व. मोहम्मदी सिद्दीकीको स्मरण गर्दै भन्नुभयो स्व. मोहम्मदी सिद्दीकीले मुस्लिम समुदायका महिलाहरुको हक अधिकार स्थापित गर्न फातिमा फाउण्डेसन मार्फत अभियान चलाउनुभएको थियो । ‘यो एनजिओ होइन, अभियान हो,’ ।
फाउण्डेसनले नेपालगन्जमा मुस्लिम समुदायको उत्थान र सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–८ रंगशाला जाने बाटोमा फातिमा फाउण्डेसन नेपालको भवन निर्माण गरिएको छ । सुबिधा सम्पन्न भवनबाट संस्थालाई समाजिक सेवाका क्षेत्रमा कामगर्न सहज हुने भएको छ ।
भवन उद्घाटन कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल रेडक्रस सोसाइटी केन्द्रिय महामन्त्री मीन बहादुर मल्ल, फातिमा फाउण्डेसन नेपालका सल्लाहकार रविन्द्र कर्ण, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, भेरी अस्पतालका अध्यक्ष बीरेन्द्र शाह, गैर सरकारी महासंघ नेपालका सचिव नमस्कार शाह, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशीले संस्थाको थप प्रगातिको कामना गर्दै आगमी दिनमा समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिर्दै नेपालगन्ज उप–महानगरपालिका सामाजिक शाखा–प्रमुख कृष्ण प्रसाद जोशीले समाजिक क्षेत्रमा काम गर्न धेरै गाह्रो छ, तर निरन्तरको प्रयासका कारण संस्थाले आफ्नो नयाँ भवन बनाउन सफलभएको बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्ववारी अधिकारी, रेडियो रुबरु एफएमका स्टेशन म्यानेजर शकील अहमद कादरी, जी नेपाल टेलिभिजन नेपालगन्जका कार्यकारी निर्देशक आशिष गुप्ता, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद बिश्वकर्मा, महिला संञ्चार साप्ताहिकका सम्पादक अक्षरी पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो भने नेपाल क्षयरोग निवारण संस्थाकी केन्द्रिय सदस्य रचना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
विगतमा एक कोठाबाट शुरुवात् भएको संस्था दुई दशक बढी निरन्तर प्रयासबाट आफ्नो भवन बनाउन सफलभएको छ । पूर्व शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक अहमद राईको पहलमा भवनको जंग हालिएको थियो भने, नेपालगन्ज उप–महानगरपालिका र बिभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा ५० लाख बढी बजेटबाट भवन बनाउन सफल भएको फातिमा फाउण्डेन नेपालका अध्यक्ष मैमुना सिद्दिकीले बताउनुभयो । अब नयाँ भवन हामी पाएका छौ काम गर्न थप सहजहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा वक्ताहरुले निरन्तर प्रयासका कारण नयाँ भवन बनाउन सफल भएकोमा प्रशंसा गर्दै आगमी दिनमा थप प्रगातिको कामना गरेका थिए ।




Prawash Kumar Shakya । २६ श्रावण २०८२, सोमबार १४:०६ बजे