ज्योती विकास बैंक द्वारा खानेपानी ट्याकीकालागि आर्थिक सहयोग हस्तान्तरण


११ भाद्र, सुर्खेत । ज्योती विकास बै‌कले सुर्खेतको वीरेन्द्रनगर बजारमा २००८ सालमा स्थापित जन नमूना माध्यमिक विद्यालयको समन्वयमा  स्थानीय पिपल चौतारीमा बटुवाहरुकालागि शुद्ध पिउने पानीको व्यवस्था गरेर आज विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयका प्राचार्य याम बहादुर श्रेष्ठका अनुसार सामाजिकदायित्व अन्तरगत रहेर विद्यालयले पानीको आभावलाई मध्यनजर गर्दै स्थानीय पिपल चौतारीमा शुद्ध खानेपानी ट्याकी राखिएको बताउनुभयो । उहाँले भन्नुभयो  “यो ट्याकी निर्माण गरिएको चौतारी विद्यालय हाता भित्र पर्ने र त्यहाँ मानिसहरुको जमघट धेरै हुने गरेकोले हामीले ज्योती विकास बै‌कको आर्थिक सहयोग खानेपानी ट्याकी निर्माण गरेको हौं ।”

पानीलाई पूर्णरुपमा शुद्धिकरण गरेर विद्यालयले बटुवाकालागि व्यवस्था गरेको र यस्को सम्पूर्ण रेखदेख विद्यालयले गर्ने र मर्मत सम्भार गर्नुपरे वीरेन्द्रनगर नगरपालिका ६ नं. वडाले गर्ने सहमति गरिएको ज्योती विकास बैंक सुर्खेत शाखाका शाखा प्रवन्धक जीवन जोशीले बताउनुभयो ।

https://www.youtube.com/watch?v=RQ2dn6Kg3EI