
काठमाडौं, गत भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली सहित पाँच उच्च पदस्थ व्यक्तिहरुलाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगले पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली सहित पाँच उच्च पदस्थ व्यक्तिहरुलाई अनुसन्धानको दायरामा राख्दै सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।
आयोगको प्रेस विज्ञप्ति अनुसार, विदेश भ्रमणमा रोक लगाइएका व्यक्तिहरुमा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवीलाल रिजाल रहनुभएको छ ।
आयोगले यी व्यक्तिहरुलाई घटनाको छानबिनका लागि जुनसुकै समयमा उपस्थित हुनुपर्ने भएकोले आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय पनि गरेको छ ।




Prawash Kumar Shakya । १२ आश्विन २०८२, आईतवार १९:१८ बजे