पोखरामा २५ पिन्ट रगत संकलन


१६ कार्तिक, पोखरा । दलित एकता सञ्जाल नेपाल कतारको आयोजनामा आज पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाको संयोजनमा  सम्पन्न कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको हो ।

दलित एकता सञ्जाल नेपाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले मानवीय जीवन बचाउनकालागि १८ बर्ष उमेर पुगेका स्वस्थ यूवाहरुलाई रक्तदानमा सहभागि गराउने सचेतनाकालागि कार्यक्रम आयोजना गरेको बताउनुभयो । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले आफूहरुले विभिन्न संघसंस्थाहरु संग रक्तदान कार्यक्रमकव समन्वय तथा संयोजन गरेर कास्कीमा केही भएपनि रगत आपूर्तिमा सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।