सुर्खेतमा १ सय ३६ जना कोरोना संक्रमित थपिए


५ माघ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को तेश्रो लहरको संक्रमण बढ्दै गएको अवस्थामा आज सुर्खेतमा १ सय ३६ जनामा संक्रमण पुष्टी भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले १ सय ३६ जनमाल कोरोना भाइरस संक्रमण पुष्टी गरेको छ । कार्यालयले ४० जनामा पिसिआर विधीबाट परिक्षण गर्दा ३६ जनामा र एण्टिजेन विधीबाट १ सय ८२ जनामा परिक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टी भएको जनाएको छ  ।