
नेपालगञ्ज (बाँके) ।
बाँके जिल्लाको नेपालगञ्मा रहेको गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन बाँकेद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेशमा ३ जना अत्याधिक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ ।
गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाह, संरक्षक प्रदिप शाहले अधिकत्म रक्तदान गर्नु हुने नेपालगञ्ज निवासी १ सय ५६ पटक रक्तदान भएका समाजसेवी शतक रक्तदाता गोपीनाथ बैश्य, नेपालगञ्ज–१९ निवासी १ सय २ पटक रक्तदान गर्नु हुने समाजसेवी शतक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा नेपाल अधिराज्यमा पत्रकारमा अधिकत्म रक्तदान गर्ने पवन जायसवाल र बाँके/बर्दिया जिल्लामा उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवालीलाई अबीर, खादा सहित सम्मान–पत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो ।
गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनका उपाध्यक्ष करन साहद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि माधवराम वर्माले उद्घाटन गर्दै विभिन्न संस्थाहरुलाई जग्गादान गरे तर यो संस्थाले एकदम कम समय मैं आफनो भवन बनाएर आज रक्तदान कार्यक्रम गरी रहेको छ मलाई आत्म देखि धेरै खुशी लागेको छ बताएका थिए । यसरी नेपालगंज उप–महानगरपालिका वार्ड नं.–२ का पूर्व वडाध्यक्ष सुनिलसिंह हमालले जिल्लामा रगतको अभाव भएको विषयमा बोल्दै रक्तदान महत्वपूर्ण दान रहेको छ यसलाई स्थानिय तहले अझै पनि रक्तदान जस्ता कार्यक्रमलाई अगाडी बढाउन सकि रहेको छैन् मैले देखेको छु ” ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्माले जिल्लामा रगतको आवश्यकता दिन प्रतिदिन बढ्दै ग्एको अवस्थामा रक्तदान जस्तो पुन्य कार्यक्रमलाई सबै संघसंस्थहरुले पनि गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै औषधी व्यवसायी संघ बाँकेका कोषाध्यक्ष तथा संस्थाका संरक्षक प्रदिप शाहले रक्तदान कार्यक्रमलाई बृहत रुपमा अगाडी बढाउँन पर्ने बताउनुभयो ।
कार्यक्रममा औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष अभय कुमार बस्नेत, नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मान बहादुर केसी निशान, कोषाध्यक्ष मनमोहन वर्मा, साहु समाज समितिका बाँकेका अध्यक्ष हंसराम साहू लगायतको उपस्थिति रहेको थियो । यसरी गौरव स्मृति तथा वि.योर.सेल्फ फाउण्डेशनले नेपालगञ्ज न्यूरोडको बागेश्वरी मन्दिरको पूर्व गेटमा तीन वटा ट्रि गार्डमा बेलपत्र, निम समेत लगाउने कार्यक्रम रहेको बताइएको छ । दीप प्रज्वलन कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । १४ पुष २०८१, आईतवार १६:०९ बजे